नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
१३ चैत्र २०८२, शुक्रबार १२:३७

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।












