यस्तो बन्यो बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रीमण्डल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ। शुक्रबार आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री बालेन शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन्। अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र भौतिक, पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन्।
त्यस्तै, ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खड्गराज (गनेस) पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना र सामान्य प्रशासन तथा भूमि व्यवस्थामन्त्री प्रतिभा रावल नियुक्त भएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा गीता चौधरी, श्रम तथा रोजगार मन्त्रीमा दीपक शाह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिता बादी नियुक्त भएका छन्।












