सिंहदरबारमा कार्यभार सम्हाल्न लाग्दा बालेनलाई मोदीको पहिलो बधाई
१३ चैत्र २०८२, शुक्रबार १४:०२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।
प्रधानमन्त्री बालेनले पद तथा गोपनीयताको शपथ लिएलगत्तै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई सन्देश पठाएका हुन्। मोदीले आफ्नो सन्देशमा बालेनसँग नजिकबाट काम गर्न तत्पर रहेको उल्लेख गर्दै दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन आफू आतुर रहेको बताएका छन्।
नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिने मोदी पहिलो विदेशी प्रधानमन्त्री बनेका छन्।












