शपथ लगत्तै नवनिर्वाचित प्रधानमन्त्री बालेनलाई ओली र देउवाले दिए सामाजिक सञ्जालबाट बधाई

१३ चैत्र २०८२, शुक्रबार १४:४३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।

प्रधानमन्त्रीको शपथ लगत्तै ओली र देउवाले सामाजिक सञ्जालबाट बधाई दिएका हुन्।

ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’
देउवाले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*