बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै
१३ चैत्र २०८२, शुक्रबार १६:०३

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमै बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्ने तयारी गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँगै पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। पदभार ग्रहणको प्रक्रिया पूरा गरेपछि मन्त्रीहरू क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसलगत्तै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथपछि मन्त्रीहरूले सिंहदरबार पुगेर आ–आफ्नो मन्त्रालयको पदभार समेत ग्रहण गरिसकेका छन्।












