मुस्ताङ एयरको हेलिकप्टर दोलखामा सुरक्षित फेला
१३ चैत्र २०८२, शुक्रबार १७:३२

काठमाडौँ । आज दिउँसोदेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रमा सुरक्षित फेला परेको छ।
उक्त हेलिकप्टर लाङटाङको दक्षिण-पूर्वमा पर्ने लाप्चा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो। हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए।
हाल कम्पनीले विस्तृत जानकारी संकलन गरिदैछ ।












