गृहमन्त्रीकाे एक्सनः जनहत्याका अभियुक्त लेखक पक्राउ

१४ चैत्र २०८२, शनिबार ०७:०८

काठमाडाैं । नव नियुक्त गृहमन्त्री सुदन गुरूङकाे एक्सन २४ घण्टाभित्रैमा सुरू भएकाे छ । भदाैं २३ गते जेनजी युवाहरूमाथि अत्याधिक बल प्रयाेगमा संलग्न तत्कालिन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

लेखकलाई आज विहान झिसमिसेमै प्रहरीले पक्राउ गरेकाे हाे । भदाैं २३ र २४ गतेकाे घट्ना छानविन समितिले लेखकसहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, आईजिपी चन्द्र कुबेर खापुङसहितलाई १० वर्षसम्म कैद हुने दफा ताेकेर कारवाही सिफारिस गरेकाे थियाे ।

उता, केपी ओलीलाई पक्राउ गर्न प्रहरी टाेली उनकाे घरैमा पुगेकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*