ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक बस्दै
१४ चैत्र २०८२, शनिबार ०९:३०

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दै छ । बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय च्यासल पुगिसकेका छन् ।
बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव महेश बस्नेतले बताएका छन् ।
सरकारले प्रतिशोध साधेर अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै एमाले नेताहरूले विरोध जनाइरहेका छन् ।












