नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ दमक शाखा समिति गठन

१४ चैत्र २०८२, शनिबार ११:३९

काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमक शाखामा नयाँ शाखा समिति गठन गरिएको छ। अभिकर्ताहरूको हक–हित संरक्षणका लागि सबै अभिकर्तालाई एकीकृत गर्दै विमित र अभिकर्ताहरुको अधिकारका विषयमा सम्बन्धित निकायसम्म आवाज सशक्त बनाउने उद्देश्यले उक्त समिति विस्तार गरिएको हो।

यही चैत्र ९ गते कन्काई पार्टी प्यालेस दमक ९ मा भएको एक कार्यक्रमका बीच सयौ सङ्ख्याको अभिकर्ताहरूको उपस्थितिमा गठन गरिएको उक्त समितिले अभिकर्ताहरूको एकता,अधिकारको सुनिश्चितता र पेशागत मर्यादा कायम गर्न सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।

नवगठित शाखा समितिको अध्यक्षमा नवीन ताम्राकार चयन भएका छन् भने उपाध्यक्षमा तिलरुपा सुवेदी सचिवमा लालबहादुर खड्का सह–सचिवमा रमा देवि पाठक र कोषाध्यक्षमा सुधा कन्दङवा चयन भएका छन्। त्यसैगरी,सदस्यहरूमा सोम कुमारी राई, हरिहर दुलाल, रेश्मा लिम्बु, मनित धिमाल, बिष्णु माया अधिकारी, अजय शाह, लक्ष्मी प्रसाद बेघा, हेमन्त रिजाल,सजू दियाली,हरि कुमार कार्की लगायत रहेका छन्। त्यस्तै प्रमुख सल्लाहकारहरूमा जनक कोइराला,नरेश बन्जारा,भगीरथा उप्रेती, जीवन ज्योति बज्राचार्य रहेका छन्।

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका अध्यक्ष राजेन्द्र अमात्य ज्यू ले पानसमा दीप प्रचलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकी, साचिव श्री प्रसाद सिटौला सह(सचिब गणेश कालिकोटे, साथै नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफका केन्द्रीय अध्यक्ष ,कृष्णप्रसाद आचार्य,उपाध्यक्ष तेजमणि प्रसाईं,सचिव तेजप्रसाद तिवारी,सदस्य सिताथेबे लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाई वडा अध्यक्ष कुबेर भट्टराई, वडा सदस्य नरेश बञ्जरा लगायत जनप्रतिनिधि साथै विभिन्न शाखाबाट आउनुभएका अभिकर्ताहरूको बाक्लो उपस्थिती थियो।

कार्यक्रममा बोल्दै नवनिर्वाचित पदाधिकारीहरूले अभिकर्ताहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, पेशागत सुरक्षाका लागि पहल गर्ने तथा सबै अभिकर्तालाई समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सहभागी अभिकर्ताहरूले संघको विस्तारले बीमा क्षेत्रमा काम गर्नेहरूको मनोबल उच्च हुने र पेशागत समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*