एमाले सडकमा उतार्ने, सार्वजनिक गर्‍यो चार निर्णय

१४ चैत्र २०८२, शनिबार ११:४६

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि चारवटा महत्वपूर्ण निर्णय गरेको छ। शनिबार बसेको बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढ साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। त्यस्तै, आजै अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। साथै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाजसँग समेत सहकार्य गर्ने निर्णय गरिएको एमालेले जनाएको छ।

एमालेले गरेका निर्णयहरु यस्ता छन्–

१। आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२। प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।

३। प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने ।

४। लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*