पुरानो लाभांश लिन शेयरधनीलाई नबिल बैंकको आग्रह

१५ चैत्र २०८२, आईतवार १०:४५

काठमाडौं । नबिल बैंक लिमिटेड (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ वर्षभन्दा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीहरूले हालसम्म् पनि बुझिलिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको हो।

आगामी १ महीनाभित्र पनि आफूले लिन बाँकी लाभांश लिन नआएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा दाखिला हुने बैंकले स्पष्ट पारेको छ।

लाभांश लिनका लागि काठमाडौंको नारायणचौर नक्सालस्थित शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडमा यथाशीघ्र सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*