युनिभर्सल पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

१५ चैत्र २०८२, आईतवार ११:४०

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको गत पुस ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी २ करोड ४८ लाख ५१ हजार २३६.१८२ को १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

सोही बमोजिम हकप्रद शेयर निष्काशन गर्ने कार्यलाई अघि बढाउन र कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि युनिभर्सल पावर कम्पनी र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*