केपी ओली, शेर बहादुर देउवा र प्रचण्डको सम्पत्ति छानविन गर्न सिईबीमा पत्राचार
१५ चैत्र २०८२, आईतवार १३:१८

काठमाडौँ । तीन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले यसबारे छानबिन अघि बढाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति, आम्दानीको स्रोत र अन्य वित्तीय विवरणको अनुसन्धान गर्ने तयारी गरेको छ ।
यसअघि भदौ २४ गते भएको आगजनी घटनामा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको केही टुक्रा फेला परेको थियो ।












