रिडी र ङादीमा लगानीकर्ताको ओइरो, अन्य कुनको भयो सर्वाधिक कारोबार?
१५ चैत्र २०८२, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९ को विन्दुमा बन्द हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ।
जसमध्ये सबैभन्दा धेरै रिडी पावरको ७१ करोड ११ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५२ करोड २८ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ४८ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको ४७ करोड ८९ लाख रुपैयाँ र नेशनल हाइड्रोपावरको ४६ करोड ८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।
त्यसैगरी एसवाई प्यानलको ३९ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ३७ करोड ३२ लाख रुपैयाँ, राधी जलविद्युतको ३५ करोड ११ लाख रुपैयाँ, कुमारी बैंकको ३४ करोड ७७ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ करोड ६६ लाख रुपैयाँभन्दा माथिको शेयर खरीद बिक्री भएको छ।













