वित्तीय साक्षरताबाट आत्मनिर्भरता बढाउने लक्ष्यसहित मेरोमाइक्रोफाइनान्सको गुनासो सुनुवाइ कार्यक्रम

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा ग्राहकका गुनासो प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले कालिकोटको रास्कोटमा कार्यक्रम सम्पन्न गरेको छ।
रास्कोट नगरपालिका–५ मा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मन तिरुवाले वित्तीय साक्षरता नागरिकलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिए। उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्य बढेमा ग्रामीण स्तरमा आर्थिक चेतना विस्तार हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूलाई बचतको महत्व, ऋणको उचित प्रयोग, वित्तीय अनुशासन तथा आय व्यवस्थापन सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, उपस्थित सेवाग्राहीहरूका गुनासोहरू सुनी समाधानका उपायबारे छलफल गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक प्रेमजंग शाही, संस्थाका प्रदेश कार्यालय बौनियाका प्रमुख सरोज पण्डित तथा बिरेन्द्रनगर, सुर्खेतस्थित अनुगमन कार्यालय प्रमुख दीपक भट्टलगायतको उपस्थिति रहेको थियो।












