माइतीघर–बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

१५ चैत्र २०८२, आईतवार १६:३३

काठमाडौँ । काठमाडौंमा राजनीतिक तनाव चुलिँदै गएको छ। केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच माइतीघर–बबरमहल क्षेत्रमा झडप भएको छ।

आइतबार बिहानदेखि सुरु भएको प्रदर्शन केहीबेरमै उग्र बनेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। भीड नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

उक्त क्षेत्र शनिबारदेखि नै प्रदर्शनको केन्द्र बन्दै आएको छ। एमाले निकट जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउँदै आएका छन्। पार्टीले आफ्ना शीर्ष नेताको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोधलाई थप सशक्त बनाउने संकेत गरेको छ।

यसैबीच, रमेश लेखकको पक्राउपछि पनि राजनीतिक माहोल थप तातिएको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लेखकको पक्राउलाई लिएर विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*