बेटिङ एपलाई २४ घण्टा भित्र बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार
१५ चैत्र २०८२, आईतवार १७:२१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालन भइरहेका बेटिङ एपहरू २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा यस सम्बन्धमा निर्णय गरेको हो।
अवैध रूपमा हुने सट्टेबाजी नियन्त्रण र सुशासन कायम गर्न सरकारले यो कदम चालेको बताइएको छ । हाल त्यस्ता एप र वेबसाइट खुलेआम सञ्चालन हुँदै आएका छन् ।












