ओली र लेखकलाई ५ दिन थुना राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीले ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउनुपर्ने माग अदालत समक्ष गरेको थियो । अदालतले पनि प्रहरीको माग बमोजिम नै ओली र लेखकलाई ५ दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पुर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्यमा देखिएको समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा बसिरहेका छन् । रमेश लेखक भने प्रहरीको हिरासतमै छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुबै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो ।












