भन्सार छलीको नेटवर्क फेल, अमितप्रसाद जयसवाल पक्राउ

१५ चैत्र २०८२, आईतवार १८:४०

काठमाडौं । भन्सार छली गरी विभिन्न सामान काठमाडौं भित्र्याएका एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २३ वर्षीय अमितप्रसाद जयसवाललाई शुक्रबार काठमाडौंको आलोकनगरबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार, जयसवालले फेस क्रिम, चकलेट लगायतका भन्सार छली गरेका सामानहरू काठमाडौंका विभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ।

बरामद गरिएको सामानमा फिक्सड्रिमा स्याडो एसपीएफ ३० प्लस जेल ७,१०० थान, सिजल्याण्ड फोरु कोजी चोखो ट्रुफल्स १४५ थान, लुसिरो चोखो ट्रुफल्स ३०० थान, अमुल चोक्लोट सिरप ५३ थान, स्मोकी पोप्पिङ क्यान्डी ९८ थान, आइएमआइ नम्बर ८६५८६५०६८५०८६७० र ८६५६६५०६८५०८६६२ भएका सीम कार्ड, ओप्पो मोबाइल १ थान, ७ गोदामबाट हाइटेक कम्प्युटर डेस्कटप १ थान, इनो लेमन फ्लेभर कार्टुन १४ थान लगायत अन्य सामग्री समावेश छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*