सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
१६ चैत्र २०८२, सोमबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार बढेको सुनको मूल्य आज भने तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।











