‘हामी दास होइन, हाम्रो आवाज दबाउन पाइँदैन’ भन्दै राइडरहरू प्रदर्शनमा
१६ चैत्र २०८२, सोमबार १३:२५

काठमाडौं । राजधानीमा राइड सेयरिङ एप पठाओका राइडरहरूले आन्दोलन गर्दै भाडा समायोजन र चालक अधिकारको माग गरेका छन्। पेट्रोल मूल्य वृद्धि र भाडा समायोजन नगरेको विरोधमा उनीहरूले सडकमा प्रदर्शन गरेका हुन्।
स्वतन्त्र चालक फाउन्डेसन नेपालले आयोजना गरेको आन्दोलनमा राइडरहरूले “पेट्रोल महँगो भाडा सस्तो अन्याय बन्द गर”, “राइडरमाथि शोषण बन्द गर”, “हाम्रो आवाज दबाउन पाइँदैन”, “राइडरलाई गुलाम नबनाऊ”, “चालक र यात्रुको सुरक्षा गर”, “हामी राइडर हौँ तिम्रो दास होइन” लगायतका नाराहरू लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका थिए।
आन्दोलनकारीहरूले राइड सेयरिङ सेवा पूर्ण रूपमा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।











