प्रधानमन्त्री बालेनले बोलाएको कोठे बैठकमा जादैनौंः हर्क साम्पाङ

१६ चैत्र २०८२, सोमबार १४:११

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा आफ्ना सांसदहरू नजाने घोषणा गरेका छन्। उनले प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै आफ्नो दलका सांसदहरूलाई कोठे बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्।

आज प्रधानमन्त्रीले कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन्। यसका लागि प्रधानमन्त्रीको सचिवालयले संस्कृति पार्टीका सांसदहरूलाई पनि बैठकमा बोलाएको थियो।

तर हर्क साम्पाङले भने, ‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन। हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु पर्‍यो। हप्ताको कम्तीमा एकपटक बैठक हुनुपर्छ। जनताको प्रश्नहरूबाट भाग्न पाइँदैन। सबै प्रश्नको उत्तर दिनैपर्छ। जय लोकतन्त्र।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*