रिलायन्स स्पिनिङ्ग मिल्स सहित छ कम्पनीको शेयरमा सर्किट

१६ चैत्र २०८२, सोमबार १५:०३

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से भारी अंकले घटेको भए तापनि ६ वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने सुपर खुदी हाइड्रोपावरको ९.९९ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९८ प्रतिशतले बढेको छ।

त्यसैगरी आज सप्तकोशी डेभलपमेन्ट बैंकको ९.८३ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३.०७ प्रतिशत, हुर्जाको २.९७ प्रतिशत र सामुदायिक लघुवित्तको २.८७ प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*