युनिभर्सल पावर र विन्ध्यवासिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत
१६ चैत्र २०८२, सोमबार १५:३४

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २६ लाख १६ हजार ८३६.९३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।
युनिभर्सल पावरको वार्षिक साधारणसभाले पारित गरेको ९ प्रतिशत बोनस शेयर बापत २० लाख ५१ हजार ९३६.९३२ कित्ता शेयर र विन्ध्यवासिनी हाइड्रोपावरको वार्षिक साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर बापत ५ लाख ६४ हजार ९०० कित्ता शेयर सूचीकृत भएको हो।











