नेपाल टेलिकमको हाकिम भन्दै १ करोड १९ लाख ठगी गर्ने कैलालीका तुलाराम कोली पक्राउ

१६ चैत्र २०८२, सोमबार १५:४६

काठमाडौँ । नेपाल टेलिकमको हाकिम भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीका तुलाराम कोली रहेका छन् । उनले नेपाल टेलिकम लगायत विभिन्न सरकारी तथा अर्धसरकारी निकाय र संस्थानहरूमा करारमा जागिर लगाइदिने तथा कृषि अनुदान उपलब्ध गराइदिने भन्दै सर्वसाधारणबाट रकम असुल्दै आएका थिए ।

कोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई कैलाली जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोलीविरुद्ध हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा १ करोड १९ लाख रुपैयाँ बराबरको ठगीसम्बन्धी १० वटा उजुरी दर्ता भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*