सीमा क्षेत्रमा गस्ती कडा बनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमसँग छलफल गरेका छन् । आज आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी रणनीति तय गर्न बैठक छलफल भएको हो ।
बैठकमा विशेषगरी सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक पूर्वतयारी, स्रोत व्यवस्थापन र समन्वयका विषयमा विस्तृत छलफल भएको बताइएको छ। यसअन्तर्गत विपद् अवस्थाको प्रभाव न्यून गर्न तत्काल र दीर्घकालीन रणनीति तयार पार्ने विषयमा जोड दिइएको छ।
साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ। यसले सीमा सुरक्षा सुदृढ गर्नुका साथै तस्करी, चोरी र अन्य गैरकानुनी काममा रोक लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्करी नियन्त्रण र अवैध गतिविधि रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ।











