तीन बैंकसहित ६ कम्पनीको बोनस शेयर एकैदिन नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकको ५ प्रतिशत दरको कुल २१ लाख ४८ लाख २२९ कित्ता, प्राइम कमर्सियल बैंकको १ करोड ५५ लाख २२ हजार ६० कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
साथै, महुली लघुवित्तको ४.७५ प्रतिशत दरको कुल १ लाख ७५ हजार ७१३ कित्ता, अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत दरको कुल १९ लाख २४ हजार एक कित्ता र समता घरेलु लघुवित्तको ५ प्रतिशत दरको कुल ३ लाख १४ हजार ५२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आगामी कारोबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।











