वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क तोकिएभन्दा बढी नलिन अनुरोध
१७ चैत्र २०८२, मंगलवार १७:३५

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अभिमुखीकरण तालिमका लागि तोकिएभन्दा बढी शुल्क नलिन सचेत गराएको छ ।
विभागले सूचना जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि दिएको छ ।
अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा प्रति प्रशिक्षार्थी शुल्क ७०० रूपैयाँ मात्र तोकिएको स्मरण गराउँदै विभागले तालिमको शुल्क वृद्धि नगरिएको प्रष्ट पारेको छ ।
केही संस्थाहरूले बढी शुल्क लिइरहेको गुनासो आएको भन्दै कार्यविधि विपरीत ७०० रूपैयाँभन्दा बढी शुल्क लिएको कतैबाट जानकारी आए विभागमा उजुरी गर्न पनि आग्रह गरेको छ ।












