रौतहट जिल्ला अदालतमा अख्तियारको छापा, एक जना घुस लिँदै गर्दा पक्राउ
१७ चैत्र २०८२, मंगलवार १७:५२

काठमाडौँ । रौतहट जिल्ला अदालत गौरमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
सिंहले अदालतको फैसला कार्यान्वयन गरी जग्गा फुकुवा गरिदिन ५०,००० घुस माग गरेको उजुरी प्राप्त भएको थियो। चैत १७ गते सिंहलाई मोबाइलसहित नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।











