व्यवसायी दिपक भट्टलाई कालोसूचीमा, सम्पत्ति छानबिन सुरु
१७ चैत्र २०८२, मंगलवार १८:०८

काठमाडौँ । अध्यागमन विभागले व्यवसायी दिपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण विभागबाट आएको पत्रको आधारमा भट्टलाई कालोसूचीमा राखेको हो ।
उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको जनाइएको छ । सरकारले भट्टको सम्पत्तिमा छानबिन सुरु गरेको बताइएको छ।











