पुनर्बीमा कम्पनीका सिईओ थापालाई राजिनामाको दबाब

१८ चैत्र २०८२, बुधबार ११:३१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापालाई अर्थमन्त्रालयले राजिनामा दिन दबाब दिएका छन् ।

सिईओ थापालाई तत्कालिन अर्थमन्त्री रामेश्वर खनालले पनि नेपाल पुनर्बीमा कम्पनीको नेत्तृवमा रहेर काम नगर्न निर्देशन दिईसकेको थियो भने हालको अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि उनको काम गर्ने शैलीको आधारमा राजिनामाको दिन आग्रह गरेका छन् ।

सिईओ थापा दाबी अनियममिततामा मात्रै नभई कम्पनीमा रहेर विचौलियाको काम गर्ने एजेन्टको रुपमा रहेको भन्दै कर्मचारीहरुले खुल्ला रुपमा आरोप लगाउने गरेका छन् ।

कम्पनीको कामभन्दा बढी वैदेशिक यात्रामा शोक भएका थापालाई यसअघि पनि मन्त्रालयले बारम्बार राजिनामा दिन आग्रह गरेका थिए । तर उनी अटेरी भई निरन्तर काम गर्दै आईरहेका छन् । अर्थमन्त्रालयदेखि बीमा प्राधिकरणका कर्मचारीहरु उनको काम गर्ने शैलीदेखि आर्जित बनेका छन् ।

पुनर्बीमा  दाबीमा अनियमिता देखिएपछि अख्तियारले नै अर्थ मन्त्रालयमार्फत प्राधिकरणलाई छानबिन गर्न आग्रह गरेको थियो । छानबिन समितिले नेपाल रिका सिइओ सुरेन्द्र थापालाई निलम्बन गर्न सिफारिस गरे पनि बीमा प्राधिकरणले लिखित कारबाही मात्रै गरेर उन्मुुक्ति दिएको छ ।

३ चैतको प्राधिकरण सञ्चालक समितिले सिइओ थापालाई लिखित कारबाही गर्दै हिमालयन रि र दी ओरियन्टल इन्स्योरेन्सलाई २–२ लाख जरिवाना कारबाही गरेको थियो ।अर्बौँ दायित्व सरकारी कम्पनीमा ल्याउन खोज्ने सिइओ थापालाई भने संस्थागत सुधारको प्रतिबद्धता तथा कबुलियत गराएर छोडिएको कारण उनीप्रति कम्पनीका कर्मचारी नै असन्तृष्ट देखिन्छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*