सेगवे ई११०एल नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध, मूल्य २ लाख ८५ हजार

काठमाडौँ । नेपालमा नयाँ वर्ष २०८३ को अवसरमा लोकप्रिय सेगवे ई११०एल मोडेलमा विशेष अफर सार्वजनिक गरिएको छ। नेपाली बजारमा रुचाइएको यो इलेक्ट्रिक स्कुटर अब पुनः स्टकमा उपलब्ध भएको छ र मूल्य २ लाख ८५ हजारमा राखिएको छ।
ग्राहकहरूले यस अफर अन्तर्गत डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि उपलब्ध गराइएको छ। सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले पहिलो २५ ग्राहकका लागि आकर्षक “अर्ली बर्ड” डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत मोडेलअनुसार अधिकतम ४१ हजारसम्म बचत गर्न सकिनेछ।
सेगवे ई११०एल दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ। यसमा २४०० वाटको मोटर रहेको छ, जसले १५० न्यूटन–मिटर टर्क प्रदान गर्दछ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा पुग्न सक्छ। स्कुटर १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि सहज रूपमा सम्हाल्न सक्छ। आवश्यकता अनुसार तयार गरिएको ट्रेलोर्ड बुशलेस मोटर र ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।
२७ लिटरको बुट स्पेस र रिभर्स मोडले सहरभित्रको प्रयोगलाई अझ सहज बनाउँछ। राइडिङ अनुभवलाई ध्यानमा राखेर हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिन्छ। एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेकले राम्रो ग्रिप र कन्ट्रोल प्रदान गर्छ। १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण यो स्कुटर विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनेको छ।











