भारी गिरावटमा समेत यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल
१८ चैत्र २०८२, बुधबार १५:१३

काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएको छ । मंगलबारको सुधार एक दिनपनि टिक्न नपाउँदै बुधबार बजार राताम्य भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अकंले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।
बजार घटेपनि केहि कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज ६ कम्पनीको शेयरमा सर्किट लागेको हो ।
रिलायन्स मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्र्टको शेयरमा सर्किट लागेको हो ।












