शाखा सञ्जाल पुनर्संरचनामा कुमारी बैंक: २४ शाखा तथा विस्तारित काउन्टर मर्ज

१८ चैत्र २०८२, बुधबार १६:१४

काठमाडौं । कुमारी बैंक लिमिटेड ले विभिन्न महानगरपालिकामा रहेका २४ वटा शाखा कार्यालय तथा विस्तारित काउन्टर मर्ज गरेको छ। बैंकका अनुसार ९ वटा शाखा चैत २ गते र थप १५ वटा शाखा चैत १५ गतेदेखि मर्ज गरी सेवा सञ्चालनमा ल्याइएको हो।

बैंकले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिकाभित्र रहेका महाराजगन्ज, सामाखुशी, कुलेश्वर र ताहाचलका विस्तारित काउन्टरहरू सम्बन्धित शाखामा गाभिएका छन् भने जनवहाल शाखा न्यूरोड शाखामा समायोजन गरिएको छ। यससँगै बानेश्वर शाखा मैतीदेवी शाखामा, बसुन्धारा शाखा महाराजगन्ज शाखामा र सिफल शाखा चाबहिल शाखामा मर्ज गरी सेवा सुचारु गरिएको छ।

त्यसैगरी बल्खु, जैसीदेवल, बालाजु र छाउनीका विस्तारित काउन्टरहरू क्रमशः कुलेश्वर, न्यूरोड पाको, बालाजु र डल्लु शाखामा गाभिएर बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

काठमाडौं बाहिर ललितपुर महानगरपालिकामा टंगल शाखा मर्ज भई मंगलबजार शाखाबाट सेवा सुरु भएको छ। भरतपुर महानगरपालिकामा शहिद चोक र पोखरा बसपार्क शाखा नारायणगढ शाखामा गाभिएका छन् भने भरतपुर शाखा हाकिमचोकबाट सञ्चालनमा आएको छ।

पोखरा महानगरपालिकामा बाँझापाटन शाखा काहुँखोला शाखामा, पोखरा शाखा चिप्लेढुंगा शाखामा, बिरौटा शाखा लेकसाइड शाखामा र अमरसिंहचोक शाखा चिप्लेढुंगा शाखामा मर्ज गरिएको छ।

यस्तै विराटनगर महानगरपालिकामा मेनरोड र बरगाछी शाखा विराटनगर शाखामा गाभिएका छन् भने वीरगञ्ज महानगरपालिकामा प्रतिमाचोक शाखा वीरगञ्ज शाखामा र ड्राइपोर्ट शाखा सिर्सिया शाखामा मर्ज गरी सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*