५ कम्पनीले आईपीओ निष्कासनको माग गर्दै बोर्डमा दिए आवेदन, कुनले कति ?

१८ चैत्र २०८२, बुधबार १८:२२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । बुढानिलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेशनल वायोटेक, इष्टर्न साहारा कम्पनी र पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासका लागि बोर्डमा आवेदन दिएका हुन् ।

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै चैत १६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेशनल वायोटेक लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरमै १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

यता, सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

पशुपति रिन्यूएबल्सले पनि १०० रुपैयाँ अंकित मूल्यमै १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

साथै, इष्टर्न साहारा कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरकै २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*