राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न अर्थमन्त्री वाग्लेले बोलाए उच्चस्तरीय बैठक

१९ चैत्र २०८२, बिहीबार १०:२२

काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरू सहभागी हुनेछन् ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको पनि उपस्थिति रहनेछ भने राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू समेत सहभागी हुनेछन् ।

राजश्व छली तथा चोरी पैठारी नियन्त्रण र कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा अर्थमन्त्री डा. वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने कार्यक्रम रहेको छ ।

बिहान ११ बजे सुरु हुने बैठक करिब एक घण्टाका लागि तय गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*