सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
१९ चैत्र २०८२, बिहीबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज भने सुनको मूल्य घटेको छ । केहि दिन देखि उकालो लागि रहेको सुनको मूल्य आज तोलामा तीन हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।











