नबिल बैंकले पायो ‘ए प्लस’ रेटिङ, वित्तीय स्थायित्व र विश्वसनीयता थप सुदृढ

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई ए प्लस रेटिङ प्रदान गरिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङ ‘ए प्लस’ मा सुधार गरेको हो । यसअघि बैंकको रेटिङ ‘ए’ रहेको थियो।
यस रेटिङ भएको संस्थाले वित्तीय दायित्वहरूको समयमै भुक्तानी गर्ने पर्याप्त सुरक्षा प्रदान गर्ने मानिन्छ र यसले कम क्रेडिट जोखिम बोकेको देखाउँछ। बैंकको यो सुधारिएको रेटिङले यसको बलियो पुँजी संरचना, स्थिर सञ्चालन क्षमता र वित्तीय स्थिति सुदृढ भएको जनाउँछ।
बैंकले आफ्नो पूँजी पर्याप्त र दायित्व व्यवस्थापन बलियो राख्दै आएको छ । बैंकले आफ्ना पुँजी र दायित्वहरू सुदृढ राख्दै, नियमित मुनाफा र ब्याज आयमा स्थिर वृद्धि कायम राखेको छ । विशेषगरी जोखिम कम भएका कर्जा क्षेत्रमा विस्तार गर्दै आएकोले बैंकको आय वृद्धि हुँदा पूँजीमा अनावश्यक दबाब नपर्ने सुनिश्चित भएको छ । यसले बैंकलाई दीर्घकालीन वित्तीय स्थायित्व र सुरक्षित क्रेडिट विस्तारको अवसर दिएको छ।
सम्पत्ति गुणस्तरमा पनि उल्लेखनीय सुधार देखिएको छ । खराब कर्जाको स्तर क्रमिक रूपमा घट्दै गएको छ छ । यसले बैंकको प्रभावकारी रेकभरी रणनीति र व्यवस्थापन क्षमतालाई प्रष्ट पारेको छ । बैंकको लामो कार्यकाल र अनुभवि व्यवस्थापन टिमले आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाएको छ । यसले जोखिम नियन्त्रण, वित्तीय सञ्चालनको निरन्तरता र दीर्घकालीन स्थायित्व सुनिश्चित गरेको छ । बैंकको निक्षेप तथा कर्जा विस्तार निरन्तर बढ्दै गएको र तरलता सुरक्षित रहेको तथ्यले यसको वित्तीय सुदृढतालाई पुष्टि गर्दछ ।
नबिल बैंकले बलियो पुँजी, उच्च मुनाफा, सुदृढ सम्पत्ति गुणस्तर, सुरक्षित तरलता र दक्ष व्यवस्थापन मार्फत वित्तीय क्षेत्रमा आफ्नो अग्रणी स्थान कायम राखेको छ । बैंकको दीर्घकालीन स्थायित्व, व्यापक सेवा विस्तार र सुरक्षित वित्तीय संरचनाले ग्राहक, लगानीकर्ता र नियामकहरूको विश्वास बढाएको छ । यसले बैंकलाई नेपालको बैंकिङ प्रणालीमा सबैभन्दा भरोसायोग्य र स्थिर संस्थाहरू मध्ये एकको रूपमा स्थापित गरेको छ ।
बैंकसँग २६८ शाखा, २० शाखा विस्तार केन्द्र, ३१९ एटीएम तथा १२ शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकको प्रमोटर संरचना पनि बलियो छ ।संस्थागत प्रमोटरहरू एनबी (अन्तर्राष्ट्रिय) लिमिटेड, आइएफआईसी बैंक पीएलसी, राष्ट्रिय बीमा कम्पनी लिमिटेड लगायतका संस्था प्रमुख छन् ।
बैंकको अध्यक्ष निर्वाण चौधरी ‘चौधरी समूह’ का प्रबन्ध निर्देशकले हुन् । बैंकको व्यवस्थापन टिमको नेतृत्व प्रमुख कार्यकारी अधिकारी (सीईओ) मनोज कुमार ज्ञवाली रहेका छन् ।
202604060411_Nabil_Bank_Limited_-_Issuer_Rating_Revised










