शेयर बजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रिय पहल, सुधारका कदम चाल्न निर्देशन

काठमाडौं । नयाँ सरकार गठन भएपछि लगातार घट्दै गएको शेयर बजारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सक्रियता देखाएका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा उनले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीसँग पुँजी बजार सुधार र विकासका उपायबारे विस्तृत कुरा गरेका थिए।
अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री वाग्ले, राजस्व सचिव भूपाल बराल, धितोपत्र बोर्ड अध्यक्ष सन्तोनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँ र अन्य सरोकारवाला पक्ष सहभागी थिए।
अर्थमन्त्री वाग्लेले सरकार पुँजी बजार सुधार र विकासका लागि सकारात्मक रहेको स्पष्ट गर्दै आवश्यक अध्ययन गरी बजार सुधारका कार्यान्वयनका कदम चाल्न सबै सरोकारवालालाई निर्देशन दिएका छन्।











