राजनीतिक नियुक्ती लिएका सबैलाई स्वेच्छिक रुपमा राजिनामा गर्न रवि लामिछानेको चेतावनी

१९ चैत्र २०८२, बिहीबार १४:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र एमाले अनि माओवादी पार्टीहरुको कोटामा विगतका सरकारबाट राजनीतिक नियुक्ती लिएका सबैलाई राजिनामा गर्न चेतावनी दिएका छन् ।

आज बसेको प्रतिनिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसमा नियुक्ती लिएकाहरुले स्वेच्छिक रुपमा राजिनामा दिई विधिको पालना गर्नुहुन म अपिल गर्न चाहन्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले भने, ‘सरकार नयाँ नियुक्ती, नयाँ कानुन, नयाँ मापदण्ड र स्वच्छताका आधारमा नियुक्त गर्न चाहन्छ । नियुक्ती लिएकाहरुले स्वेच्छाले मार्गप्रसस्त गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’

सभापति लामिछानेले संसदबाटै यस्तो चेतावनी दिइसकेपछि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेप्से, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लगायतको निकायहरुका नियुक्ती लिएकाहरुले भटाभट राजिनामा दिन सुरु गर्ने विश्वास गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*