बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१९ चैत्र २०८२, बिहीबार १५:०३

काठमाडौँ । शेयर बजारमा निराशा कायमै रहेको छ । नयाँ सरकार आएपछि उच्च सुधार हुने अपेक्षा राखेका लगानी अहिले निराश बन्न पुगेका हुन् ।

बजारमा झिनो सुधार देखिएको छ । बजार बढेपछि कारोबार रकम भने खुम्चिएको हो । आज ८ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

आज एसवाई प्यानलको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ३५ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।

साथै, न्यादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, एनआरएन र अपि पावरको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*