‘एमसीसी खारेज, सीमा सुरक्षामा सेना र सांसद सम्पत्ति छानबिन हुनुपर्छ’

१९ चैत्र २०८२, बिहीबार १५:४५

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् ।

बिहीबार संघीय संसदको पहिलो बैठकमा बोल्दै सांसद साम्पाङले सरकारलाई असमान प्रकृतिका सबै व्यापारिक तथा सहयोग सम्झौताहरू पुनरावलोकन गरी आवश्यक परे खारेज गर्नुपर्ने बताएका हुन् ।

‘सरकारले असमान व्यापारिक सम्झौता खारेज गर्नुपर्छ, एमसीसी पनि खारेज गर्नुपर्छ,’ उनले संसदमा स्पष्ट रूपमा भने ।

त्यसैगरी उनले देशको सीमा सुरक्षा र सीमांकनको काम प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्नुपर्ने धारणा राखे । ‘सीमा रक्षा तथा सीमांकनका लागि सेनालाई परिचालन गर्नुपर्छ,’ उनले जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*