आठ महिनामा अन्तर–बैंक कारोबार घटेर ७ खर्ब ४३ अर्बमा सीमित

१९ चैत्र २०८२, बिहीबार १७:४३

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा ७ खर्ब ४३ अर्ब ८६ करोडको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूको ६ खर्ब २९ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब १४ अर्ब १५ करोड अन्तर–बैंक कारोबार भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तरबैंक कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*