फलफूल तथा तरकारी किन्न जानु अघि हेर्नुहोस् आजको मूल्य सूची

२० चैत्र २०८२, शुक्रबार ०७:३१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ।

आलु रातो प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बिक्री हुँदा औसत १७ रुपैयाँ ५० पैसा कायम भएको छ भने भारतीय आलुको मूल्य २३ रुपैयाँसम्म पुगेको छ। गाजर, बन्दा र मूला जस्ता दैनिक उपभोग्य तरकारीको मूल्य भने मध्यम स्तरमै रहेको छ।

काउलीको मूल्य भने केही उच्च देखिएको छ। स्थानीय काउली प्रतिकिलो ६० रुपैयाँसम्म र ज्यापु काउली ८० रुपैयाँसम्म बिक्री भइरहेको छ। त्यस्तै भन्टा, सिमी, मटर लगायतका तरकारीको मूल्य ६० देखि १२० रुपैयाँको हाराहारीमा रहेको छ। तितो करेला प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको छ भने भिण्डी १३० रुपैयाँसम्म बिक्री भइरहेको छ।

फलफूलतर्फ स्याउको मूल्य प्रतिकिलो २०० देखि ३०० रुपैयाँसम्म पुगेको छ भने केरा दर्जनको २२० रुपैयाँसम्म बिक्री भइरहेको छ। अंगुर, अनार, कागती, किवि जस्ता फलफूलको मूल्य पनि उच्च देखिएको छ।

मसला तथा अन्य वस्तुमा अदुवा ९० रुपैयाँसम्म, हरियो खुर्सानी १०० रुपैयाँसम्म र सुकेको खुर्सानी ४५० रुपैयाँसम्म पुगेको छ। लसुनको मूल्य पनि २४० रुपैयाँसम्म कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*