इङवा हाइड्रोपावरको ४५ लाख कित्ता शेयरको लक–इन अवधि वैशाख २६ गते सकिने
२० चैत्र २०८२, शुक्रबार ०८:०४

काठमाडौँ । इङवा हाईड्रोपावर लिमिटेडको शेयरको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ। कम्पनीका अनुसार कुल ४५ लाख ३६ हजार ७०३ कित्ता शेयर सो मितिबाट कारोबारका लागि खुला हुनेछन्।
उक्त शेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २९ हजार ८६३ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको ३ लाख ६ हजार १४० कित्ता समावेश छन्।
सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूको शेयर भने प्रचलित नियमअनुसार निश्चित अवधि सम्म रोक्का रहने जनाइएको छ ।











