नेपाल प्रहरीद्वारा प्राविधिक पदमा भर्ना खुला, इन्जिनियरिङदेखि स्वास्थ्यसम्बन्धी क्षेत्रका लागि अवसर

२० चैत्र २०८२, शुक्रबार ०८:३४

काठमाडौँ ।  नेपाल प्रहरीले प्राविधिक तर्फ ४०० भन्दा बढी पदमा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा आवेदन आह्वान गरिएको हो ।

इन्जिनियरिङ क्षेत्रमा कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर तथा अटोमोबाइलसँग सम्बन्धित पदहरुमा भर्ना खुलेको छ भने विधि विज्ञानतर्फ बायोलोजी र रसायनसम्बन्धी पद, स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए पदहरुमा आवेदन दिइन सक्ने जनाइएको छ।

प्रहरी जवानका लागि २८० पदहरु खुलाइएको छ भने अन्य प्राविधिक पदका लागि १२९ पदहरु उपलब्ध छन्।

दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ। प्राविधिक प्रहरी जवानका लागि भने आवेदन चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म लिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*