सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्नु, संलग्न भए कानुनी कारबाही हुन्छः ब्यूरो
२० चैत्र २०८२, शुक्रबार ०८:५३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट र प्लेटफर्म सञ्चालन नगर्न पुनः सचेत गराएको छ। ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले गैरकानुनी क्रियाकलाप नगर्न र नगराउन सबैमा अनुरोध गरेका हुन् । त्यस्तो क्रियाकलाप फेला परे उपकरणसमेत जफत हुने ब्यूरोले स्पष्ट पारेको छ।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ बमोजिम फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्ने र संलग्न व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ। सट्टेबाजीबाट प्राप्त रकम र प्रयोग भएका उपकरणसमेत जफत हुनेछन्।
बन्द गरिएका अनलाइन सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न र यस्तो गतिविधि भेटिए तत्काल जानकारी गराउन ब्यूरोले सबैमा अनुरोध गरेको छ।











