गृहमन्त्रीद्वारा जेनजी घाइतेसँग भेटे, पूर्व सांसद शर्मालाई भने, ‘सहितको परिवारको आँसु पुछिदिनुभएको छ’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन्। बिहिबार करित राति १० बजे मन्त्री गुरुङ अस्पताल पुगेका हुन् ।
उक्त अस्पतालमा घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । सो क्रममा घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद समेत ब्यक्ति गरेका थिए ।
डा. सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताएका थिए ।
शर्माले भने, ‘तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।’
गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिए । भेट्नेबित्तिकै उनले भने, ‘तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।’











