शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
२० चैत्र २०८२, शुक्रबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ । बिहिबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको हो ।
चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ८३० रुपैयाँ कायम भएको छ ।











