सशस्त्र प्रहरीका इन्स्पेक्टर घुस सहित रंगेहात पक्राउ

२० चैत्र २०८२, शुक्रबार ११:२६

ठमाडौं । धनुषा जिल्लाको लालगढबाट सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारी घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएर गएको टोलीले उनलाई आज शुक्रबार बिहान घुस रकम सहित रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका इन्स्पेक्टरले कमला–ढल्केवर–बागमती सडक निर्माण अन्तर्गत माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारी साधनहरूलाई रोक्ने, अनावश्यक दुःख दिने र घुस माग्ने गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। निगरानीकै क्रममा उनले ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकम सहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। घुस सहित पक्राउ परेका इन्स्पेक्टर ओकिल अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*